बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

म्याग्दी: जिल्ला सदरमुकाम बेनीमा आज आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ।

अमरसिंह माविमाका दृष्टिविहीन विद्यार्थी सहभागी सो क्लबले म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ मा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोतका विद्यार्थीे समुूलाई पराजित गरेको थियो ।

बीस ओभरमा खेलाइएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको कास्कीको समूहले १८३ रनको लक्ष्य लिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको म्याग्दीका दृष्टिविहीनको टोली जम्मा ९२ रनमा समेटिएपछि कास्कीको टोली विजयी भएको हो।

प्लान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा अपाङ्ग सङ्घले अपाङ्गता भएका बालबालिकाको लागि जिल्लामै पहिलो पटक आयोजना गरेको खेलकुद प्रतियोगितामा दृष्टिविहीनको क्रिकेट प्रतियोगिता समावेश गरेको थियो।

यसैगरी आयोजित बहिराबीचको फुटबलमा प्रतियोगितामा बागलुङस्थित धौलागिरि बहिरा आवासीय माविले बेनी नगरपालिका-४ सिंगामा रहेको धौलागिरि मावि बहिरा स्रोतका विद्यार्थी टोलीलाई ३ का विरुद्ध ६ गोल गर्दै विजयी भएको थियो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, अपाङ्ग सङ्घ म्याग्दी शाखाका अध्यक्ष गोपाल केसीले पुरस्कार संयसक्तरुपमा क्रिकेटमा विजयी कास्कीको दृष्टिविहीनको टोलीलाई नगद रु चार हजारसहित र फुटबलमा विजयी बागलुङको बहिरा विद्यार्थीको समूहलाई नगद रु पाँच हजारसहित पदक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो। रासस

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.