चौतारामा दृष्टिविहीन भएका बालबालिकालाई क्रिकेट तालिम

नेपाल भरी छरिएर रहेका करिव सोह्र हजार (१६००००) भन्दावढि दृष्टिविहिन युवा तथा बालबालिकाहरु माझ क्रिकेट खेलको विकास गरी उनीहरुको पुर्नस्थापना र शशक्तिकरण गर्न तथा उनीहरुमा निहित प्रतिभालाई समाजमा प्रस्फुटन गराउने उद्देश्यले यस नेत्रहिन क्रिकेट संघ, नेपालको स्थापन काल देखि नै विभिन्न तालिम, जनचेतना मुलक कार्यक्रम तथा पैरवि गदै आएको छ ।

यसै क्रममा यस बर्ष ९ बटा जिल्लामा आफ्नो कार्यक्रमलाई विस्तार गर्ने योजना तथा कार्यक्रम अनुरुप सिन्धुपाल्चोक जिल्ला चौतारा, श्री वनदेवि मा. वि मा दृष्टिविहिन युवा तथा बालबालिकाहरुलाई क्रिकेट तालिम संचालन भइरहेको छ । यस तालिममा दृष्टिविहिन राष्ट्रिय महिला क्रिकेट टोलिका खेलाडि द्वय विमला राई तथा गिता पौडेले प्रशिक्षकको भुमिका निभाई रहेका छन् । २०८०÷०२÷३० देखि २०८०÷०३÷०२ संचालन को भइरहेको छ ।

चौतारा सागाँचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले कार्यक्रमको निरिक्षण तथा अनुगमन गरेकी छन् । साथै दृष्टिनिविहिन क्रिकेट कसरी खेलिन्छ भन्ने जिज्ञासा मेटाउन दृष्टिनिविहिन क्रिकेट खेलाडीहरुसँग वलिङ्ग तथा ब्याटिङ्ग समेत गरेकी छन् ।

चौतारामा दृष्टिविहीन भएका बालबालिकालाई क्रिकेट तालिम

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.