काठमाडौँ — भारतको मुम्बईमा मंसिर २५ देखि २९ सम्म हुने दुईदेशीय दृष्टिविहीन महिला क्रिकेट शृंखलामा नेपाली टोली भाग लिने भएको छ ।
![नेपालले दुईदेशीय दृष्टिविहीन महिला क्रिकेटमा भाग लिने](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2023/third-party/5-6-30112023050435-1000x0.jpg&w=1000&h=0)
टी–२० मा हुने उक्त शृंखला ५ खेलको हुनेछ । प्रतियोगिताका लागि मंसिर ६ देखि १४ सम्म समावेशी क्रिकेट प्रशिक्षण केन्द्र ललितपुरको लेलेमा बन्द प्रशिक्षण सकेको छ । मंसिर १५ देखि २० सम्म मूलपानी क्रिकेट मैदानमा थप प्रशिक्षण हुने नेपाल नेत्रहीन क्रिकेट संघले जनाएको छ ।
मंसिर १७ देखि २० सम्म मूलपानी क्रिकेट मैदानमा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, काठमाडौं तथा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीबीच नेत्रहीन क्रिकेट प्रतियोगितामा हुने भएको छ ।
राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीमा प्रतिभा राई, माया लुंगेली, मुना अर्याल, पुनम चौधरी, सिर्जना परियार, गीता पौडेल, कान्ति योगी, सरिता घिमिरे, सीता चौधरी, मनकेसी चौधरी, विमला राई, निशा चौधरी, दिल्लीसरा धमला, उजेली चौधरी, विनिता पुन छन् । प्रमुख प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षकमा नहेन्द्र निरौला, व्यवस्थापकमा ज्योति केसी, पवन घिमिरे र सागर लामा छन् ।
link of newa published in ekantipur is below:https://ekantipur.com/sports/2023/11/30/nepal-will-participate-in-bilateral-blind-womens-cricket-49-55.html?fbclid=IwAR0KEZYLJ73T2hMB8Q2kQ8rKjZ2OYKF1dBh1LJCOy8AH-ddFZLe_PtJ1mfU