राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित पारा तथा विषेश खेलकुद प्रतियोगिता २०८० अन्र्तगत नेत्रहीन क्रिकेट प्रतियोगिता

राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित पारा तथा विषेश खेलकुद प्रतियोगिता २०८० अन्र्तगत नेत्रहीन विश्वकप क्रिकेट छनौट प्रतियोगिता यही २०८१ असार २२ र २३ गते मुलपानी क्रिकेट मैदानमा सम्पन्न भयो । नेपाल भरका ३९ जना दृष्टिविहीन क्रिकेट खेलाडीहरुको सहभागीता यस छनौट प्रतिगोगिताको पाचाँ सदस्यि छनौट समितिको संयोजक बरिष्ठ क्रिकेट प्रशिक्षक अरुन अर्याल रहनु भएको छ भने, सदस्यमा बरिष्ठ क्रिकेट प्रशिक्षक सनोज भट्टराई, अम्पायर रविन्द्र गुप्ता, नेत्रहीन क्रिकेट प्रशिक्षक नहेन्द्र निरौला र यस संघका प्राविधिक सल्लाहकार तुम्बुरु उप्रेत्ती रहनु भएको छ । यसै प्रतियोगिताबाट नेत्रहिीन क्रिकेट संघ नेपालले आगामी नोभेम्वर २०२४ पाकिस्तानमा संचालन हुन लागेको T-20 Blind Cricket World Cup 2024 मा सहभागिताका लागि अन्तिम १५ खेलाडीहरुको छनौट हुनेछ ।
बर्षाका कारण खेलमा कठिनाइको सामना गर्नु परेतापनि खेलाडीहरुको उच्च मनोवलका साथ खेल सम्पन्न भयो। पहिलो दिन वर्षाका कारण मुलपानी क्रिकेट मैदानमा खेल संचालन गर्न नसकिएका कारण बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको क्ष्लमययच ऋचष्अपभत ब्अबमझथ खेल संचालन गरिएको थियो । द्रोस्रो दिनको खेल बर्षाका कारण मुलपानी क्रिकेट मैदानमा ढिला सुरु भएको थियो भने सुनिल रानाको कप्तानिमा रहेको १३ सदस्यीय टिम प्रथम, पदम बडैलाको १३ सदस्यीय टोली र रमेश बानियाँको १३ सदस्यीय टोली तृतीय भएको थियो । विजयी खेलाडीहरुलाई सिल्ड, मेडल, नगद पुरस्कार तथा प्रमाणपत्र राष्ट्रिय खेलकुद परिषदको वोर्ड सदस्य विना श्रेष्ठ प्रदान गर्न भएको थियो ।

पारा तथा विषेश खेलकुद प्रतियोगिता २०८० अन्र्तगत विद्यालय स्तरीय प्रतियोगितामा नमुना मच्छिन्द्र मा.वि तथा ल्यावरोटरी मा.वि विच ल्यावरोटरी मा.विको क्रिकेट मैदानमा २०८०/०३/१५ गते सम्पन्न भएको थियोे । टस जितेर फिल्डिङ्ग रोजेको ल्यावरोटरी मा.विलाई नमुनाले १७३ रनको लक्ष्य दिएकोमा 1 wicket ले जित्न सफल भएको थियो । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद प्रतियोतिगा विभाग प्रमुख मिन कुमार शर्माले सिल्ड, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गर्नु भएको थियो । प्लेयर अफ द टुर्नामोन्ट ल्यावरोटरी मा.विका ८६ रन बनाउदै ग्यालेक ग्यालसन भएका थिए ।

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.