दृष्टिविहीन क्रिकेट प्रशिक्षक तालिम सम्पन्न

दृष्टिविहीन क्रिकेट प्रशिक्षक तालिम कार्यक्रम सम्पन्न
२०८१ जेठ २२ देखि २४ गतेसम्म नेत्रहीन क्रिकेट संघ नेपाले देशका विभिन्न भागबाट दृष्टिविहीन क्रिकेट खेलाडीहरू तथा प्रशिक्षकहरू सहभागी गराउदै गोदावरी नगरपालिका वडा नम्बर ५ अवस्थित संघको आफ्नै समावेशी क्रिकेट तालिम केन्द्रमा दृष्टिविहीन क्रिकेट प्रशिक्षकहरूको लागि ३ दिने प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा आईसीसी स्तर १ प्रशिक्षक श्री मुस्कान थापा तथा प्रशिक्षक नहेन्द्र निरौलाले प्रशिक्षण प्रदान गरेका थिए ।
तालिम सहभागीहरूले दृष्टिविहीन क्रिकेट खेलाडीहरूलाई प्रशिक्षित गर्न आवश्यक विभिन्न कौशल र प्रविधिहरूको विषयमा प्रशिक्षण हासिल गरेका छन् । यस तालिमले नेत्रहीन क्रिकेट प्रशिक्षकहरुलाई स्थानिय स्थरमा नै उपलब्ध गराउनुका सथै सिप, आयआर्जन तथा व्यबसाहिकता तर्फ जोड्ने उदेश्य समेत राखेको छ ।

दृष्टिविहीन क्रिकेट प्रशिक्षक तालिम सम्पन्न

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.