तल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि भारतीय टोली २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि उपकप्तान गंगावा निलप्पाले ५६ रन, झिलि विरुवाले ४४ रन, सिमु दासले ३२, नट आउट फुला सिरेनले २४ र नट आउट बर्षा युले १४ प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न सकेनन् । नेपालका लागि सरिता घिमिरेले १ व्हृयीकेट लिएको थिइन् भने भारतका ४ खेलाडी रनआउट भएका थिए।
जवाफी व्यटिङ्गमा उत्तत्रीेको नेपालले निर्धारित २० ओभरको खेलमा १७.५ ओभर खेल्दै विना व्हृयीकेटको क्षतिमा १० व्हृयीकेटको विशास जित हासिल गरेको छ । नेपालका लागि Player of the Match मनकेशरी चौधरीले ५९ वलमा नट आउट ११६ रन प्रहार गरेकी थिइन् । त्यसै गरी नट आउट विनिता पुनले ५० वलमा ८९ रन प्रहार गरेकी थिइन् ।
यस सिरिज अन्तर्गतको ५ खेलमा ३ खेलमा विजय हासिल गरेर नेपालले जीत सुनिश्चित गरेको छ । बाकीँ एक खेल भोली खेलिने छ ।
यस सिरिजको समापन समारोह प्रकाशमान श्रेष्ठको प्रमुख आतित्थयमा बैसाख १७ गते १ः३० बजे सेहि स्थानमा हुने जानकारी गराउदछौ ।
थप जानकारीको लागि तलको लिङ्कमा जनुहोला ।


