विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा 2nd Nep-Ind Bilateral T20 Blind Women Cricket Series अन्र्तगत पोखराको क्रिकेट मैदानमा भएको पहिले खेलमा नेपाली नेत्रहीन महिला क्रिकेटको टिमले विजय हासिल गरेको छ । टस हारेर फिल्डिङ्गमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ व्हृयीकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो । भारतका ५ खेलाडी रन आउट भएका थिए भने १ व्हृयीकेट विनित पुन र १ व्हृयीकेट निशा चौधरीले लिएका थिए । जवाफी व्यटिङ्गमा नेपालले २ व्हृयीकेट गुमाउदै ८ व्हृयीकेटको विशाल जित हासिल गरेको छ । नेपालको लागि प्लोयर अफ द सिरिज विनिता पुनले विश्फोटक व्यटिङ्गगर्दै ५७ वलमा नटआउट १११ रन प्रहार गरेकी थिइन् । उनको व्यटबाट १७ चौका सहित नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिले शतक बनाउने खेलाडी बनेकी छन् । त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरोले नटआउट हुदै २१ रन प्रहार गरेका छन् ।
भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट उपकप्तान गंगावा निलप्पाले सर्वधिक नटआउट ७२ रन, सिमु दासले २६, दिपिका टि.सीले १६ बर्षा यूले १०, सुस्मा पटेलले ९ रन बनाएका छन् ।







Media Coverage of the event:
https://www.setopati.com/sports/cricket/300455?fbclid=IwAR3mIptXXqKfOQMw1P-DeSwfPSJAviXCs3SAWWj8aWgYl096LK_lbvjv350
https://ekantipur.com/sports/2023/04/25/168243039232781523.html?fbclid=IwAR0IGwP8ypiqHFPqSwpbplxgvpQMEOif8NUPieBDCLEHApE83ngV1tZZnL