प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु

वीरगञ्ज । वीरगञ्जमा बुधबारदेखि प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । सातै प्रदेशका खेलाडीले सहभागिता जनाएको प्रतियोगिताको आज एक कार्यक्रमका बीच वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै महानगरप्रमुख सिंहले फरक क्षमता राख्ने दृष्टिविहीनहरुको क्षमता उजागर गर्न महानगर जहिल्यै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

उनले खेलको माध्यमबाट देशको पहिचान कायम गराउने गरी प्रतियोगितामा प्रतिष्पर्धा गर्न पनि सुझाव दिए ।

नेपाल नेत्रहीन क्रिकेट संघ र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजना र वीरगञ्ज महानगरपालिका र आइजको सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

२८ गतेसम्म चल्ने प्रतियोगितामा सातै वटै प्रदेशका खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र प्रदेश नम्वर १ सुनसरीबीच प्रतिष्पर्धा भइरहेको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ नगद प्राप्त गर्ने नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए ।

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.