दृष्टिविहीन क्रिकेट खेलाडीको प्रशिक्षण चल्दै

ललितपुर : जिल्ला–जिल्लाबाट नयाँ दृष्टिविहीन क्रिकेट खेलाडी उत्पादन गर्ने उदेश्यले नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम २०८० सुरु भएको छ ।

 

कादुरी चेरिटेवल फाउण्डेशनको आर्थिक सहयोगमा गत भाद्र ३० गते देखी असोज १४ गतेसम्म चल्ने प्रशिक्षण कार्यक्रम कास्की, म्याग्दी–पर्वत, बाँके, बर्दिया, रुपन्देही जिल्लाहरुमा चलिरहेको संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कास्की र म्याग्दी–पर्वतमा प्रशिक्षण सकिएको छ। प्रत्येक जिल्लामा ५–५ दिनका हिसाबमा २० देखी २५ जनासम्मले प्रशिक्षण लिने अवसर पाएका छन्।

अब यसपछि कंचनपुर जिल्लामा प्रशिक्षण हुने उनले बताए।

Link of the news is:https://thahakhabar.com/news/187495/?utm_campaign=shareaholic&utm_medium=facebook&utm_source=socialnetwork&fbclid=IwAR0LgAU_Yg8Y_7Kk2paYt-fOePyeA6wmh29C0aGziaDHE00OR4z4BahocLI

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.