प्रेस विज्ञप्ती
सम्पुर्ण शुभचिन्तक महानुभाव,
नेत्रहीन क्रिकेट संघ नेपालले, नेपालमा दृष्टिविहीन भएका व्यक्तिहरुका लागि सुरु गरेको क्रिकेट खेलको १८ बर्ष पछि राष्ट्रिय नेत्रहीन क्रिकेट टोली २०२४ नोभेम्वर २२ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लाहोर तथा मुल्तानमा संचालन भइरहेको T20 Blind Cricket World Cup 2024 – Pakistan को समुह चरणको चौथौ स्थान हासिल गर्दै सेमिफाइनल सम्म पुगी इतिहास रच्न सफल भएकोमा सहयोग गरी हौसला प्रदान गरिदिनु हुने सम्पुर्ण खेलाडी, पदाधीकारी, प्रशिक्षक, व्यवस्थापक, सल्लाहकार, पत्रकार तथा सहयोगी मनहरु प्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं । आर्थिक एवम् भौतिक अभाव तथा दृष्टि अपाङ्गताका बाबजुत पनि नेपाली नेत्रहीन क्रिकेटले हासिल गरेको यस उपलब्धिले सम्पुर्ण नेपाली तथ अपाङ्गता खेलकुद जगतलाई विश्व सामु गैरभाम्वित बनाएको छ । उचित खेल सामाग्री तथा खेल मैदानको व्यवस्था भएमा नेत्रहीन क्रिकेटले भविश्यमा अझ ठुलो उपलब्धि हासिल गर्नेमा हामी विश्वस्त छौं। यस नेत्रहीन क्रिकेटले हासिल गरेको एतिहासिक उपलब्धिलाई राज्यले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ बमोजिम उचित मुल्याङ्कन गर्नेमा यस संघ आशावादी छ । पाकिस्तानको मुल्तान स्थित क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा टस जितेर वलिङ्ग रोजेको पाकिस्तान विरुद्ध व्याटिङ गर्दै नेपालले सात विकेटको क्षतिमा ९४ रनको लक्ष्य दिएकोमा, पाकिस्तानले ५.३ ओभरमा १० विकेटले विजयी भएको जनाकारी गराउन चाहान्छौं ।